logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व सचिव पत्नी मृत्यु प्रकरण : दुवैको मोबाइल अनुसन्धान गर्दै प्रहरी


अंकुरण खबर
780
Shares

काठमाडौं – ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट हत्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै हत्या भएको थियो ।

उनको हत्यापछि विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले दुवैजनाको मोबाइल डिटेल हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर  र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ ।

एसएसपी दुर्गा कार्कीले दिएको जानकारीअनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ ।

उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।