कञ्चनपुर पुनर्वास नगरपालीका १० चकमेलीमा बिहीबार राति तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–११ बेलाका २३ वर्षीय शिवराज राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तीन जना चढेको से ६ प १७११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २० वर्षीय लाल बहादुर राना र २३ वर्षीय धनीराम रानाको अवस्था भने सामान्य रहेको छ ।