logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित डिभिजन वन कार्यालयका अधिकृत र कार्यालय सहयोगी पक्राउ


अंकुरण खबर
1.066K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई २ लाख घुस रकमसहित पक्राउ गरेको छ।

अख्यिारको टोलीले अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई दुई लाख घुसहित पक्राउ गरेको हो।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक–पटक घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले घुस लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिएको हो।

उनिहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।