काठमाडौं – राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।
राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको हो ।
क्यान्सरबाट पीडित उपाध्यायको आज बिहान नधिन भएको थियो । शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभामा बिशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।