logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराको पक्षमा ३७ जना चर्चित अधिवक्ताको वकालत


अंकुरण खबर
1.365K
Shares

आफ्नै कार्यलयकी कर्मचारीलाई यौन दूर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाई हुँदैछ ।

यसका लागि कहिलिएका ३७ जना बरिष्ठ अधिवक्ताले महराको पक्षमा वकालत गरिरहेका छन ।  महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन ।

महरा पक्षका कानुनव्यवसायीको बहस सकिए आजै फैसला हुनसक्ने बताइएको छ । उनले बलात्कार प्रयास गरे या नगरेको फैसला हुनेछ। यदि उनी दोषी ठहरिए जेल सजाय तोक्नेछ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते महाअष्टमीका दिन पक्राउ परेका थिए।

त्यसयता उनी पुर्पक्षका लागि डिल्लीबजार करागारमा छन्।