निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।
कानुन मन्त्री तुम्बाहाङ्फेलाई आजै(सोमबार) साढे तीन बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् । लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् ।