logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी मुद्धा लागेका पूर्व सभामुख महराले पाए सफाइ


अंकुरण खबर
1.079K
Shares

पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । सोमबार काठमाडौं जिल्ला अदालते जबरजस्ती करणी उद्योगको मुद्दामा महारालाई सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो ।