logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको उपचार गर्न बागमति प्रदेश सरकारद्वारा दुईवटा आइसोलेशन वार्ड स्थापना


अंकुरण खबर
3.042K
Shares

बागमति प्रदेश सरकारले नोबल कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा मकवानपुर र चितवनको दुईवटा सरकारी अस्पतालनमा सुविधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा र चितवन अस्पतालमा नोबल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई राख्न आइसोलशन वार्ड स्थापना गरिएको हो ।

प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै संक्रमण देखिए अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएको हो । हेटौंडा अस्पतालको एक भवनमा संक्रमितलाई नियमित चिकित्सकको निगरानीमा राख्न वार्ड स्थापना गरिएको छ ।

बागमती प्रदेश सरकारले भाइरसको संक्रमण फैलन नदिन सामाजिक विकास मन्त्रालयले उच्च स्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन यसअघि नै गरेको छ ।

यस्तै चीनबाट ल्याइएका विरामीमा कोरोना भाइरस भए नभएको जाँच गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था संघीय सरकारले गरेको छ ।