logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुलका प्रधानाध्यापकविरुद्ध १५ लाख भ्रष्टाचार गरेको मुद्धा दायर


अंकुरण खबर
728
Shares

एक स्कुलका प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार  गरेको आरोपमा मुद्धा दायर भएको छ ।

गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध १५ लाख ९५ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गरिएको हो ।

फरक फरक समयमा विभिन्न शीर्षकमा प्रधानाध्यापक साहले उक्त रकम भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा तीन वटा मुद्दा दायर गरेको हो ।

अख्तियारले शिक्षा विकास तथा समन्वय इकाइका सवइन्जिनियर विकास झाविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रधानाध्यपक साहसँग मिलेर झाले छात्रा शौचालय निर्माण शीर्षकमा झुटो प्रतिवेदन तथा नापी किताब तयार पारेको आरोप अख्तियारले लगाएको छ ।