काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रले अझै सार्थकता पाउन नसकेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन् ‘विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ सुन्ने र बुझ्ने गर्दछौं, नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’
पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।
उनले भनेका छन् ‘प्रजातन्त्र शव्दमा होइन, कर्ममा उत्रनु पर्छ, रुपमा होइन सारमा झल्कनुपर्छ।’ प्रजातन्त्र जनताको जीवन पद्दति र व्यवहारमा देखिनुपर्ने उनको भनाइ छ ।
ज्ञानेन्द्रले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।