logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर देशभरको मौसम  कस्तो रहला ?


अंकुरण खबर
741
Shares

काठमाडौं – देशका केही क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही पश्चिमका केही भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।