logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चारमन्त्री अडियो प्रकरण: ओली–प्रचण्डबीच बालुवाटार भेटवार्ता


अंकुरण खबर
1.755K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा अडियो प्रकरणका विषयमा कुरा भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार अहिले बालुवाटारमा जारी छलफलमा बाँस्कोटाको अडियो प्रकरणसहित अन्य समसामायिक विषयमा कुरा भइरहेको छ।

मन्त्री बाँस्कोटा अहिले विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम भ्रमणमा रहेका छन् । उनी आजै काठमाडौं फर्किने बताइएको छ।