काठमाडौं – सञ्चारमन्त्रीको अडियो काण्डका बारेमा विभिन्न प्रतिक्रिया आइरहेका बेला करोड करोड भन्ने मनोज गजुरेलले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका थिए। उनको कमेडी च्याम्पियनमा करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा ट्रोल गरिरहेका छन्।
गजुरेलले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो ट्वीट गरेका छन्।
'करोड-करोड भन्नी तर सुको नदिनी' भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने 'पञ्चलाईन' पनि बिजोग थियो । तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए 🤣#राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ 🇳🇵️ pic.twitter.com/tAdvHoXDP1
— GajuReal (@gajureal) February 20, 2020