logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँस्कोटाको अडियो प्रकरण : काङ्ग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


अंकुरण खबर
1.235K
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

कांग्रेस सांसद जितेन्द्र नारायण देवले तीन वटा मागलाई अघि सार्दै सदन चल्न नदिने बताए । ‘सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन समिति हुनुपर्छ र यो घटना के हो ? अडियोको रुपमा आएपछि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ’ सांसद देवले संसदमा भने,‘ यसपछि मात्र सदन अघि बढ्छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसको छानवीनको माग गरेको हो ।

बिहीबार बसेको बैठकमा काँग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक फागुन १५ गते सम्मका लागि स्थगित भएको छ।