logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने, बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस


अंकुरण खबर
728
Shares

काठमाडौं – दुई अध्यक्षको बैठक सकियो, बाँस्कोटाबारे निर्णय लिने जिम्मा ओलीलाई सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘सञ्चारमन्त्रीको अडियो’ प्रकरणबारे छलफल भएको छ।

एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच बालुवाटारमा छलफल भएको हो।

स्रोतका अनुसार बाँस्कोटाबारे प्रधानमन्त्री ओलीले नै अन्तिम निर्णय लिने भएका छन्। भेटमा प्रचण्डले तत्काल राजीनामा दिन लगाउने प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीले आफूले बोलाएर छलफल गरेर मात्र निर्णयमा पुग्नुपर्ने बताएका छन् ।