logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिवरात्रि : बसको ठक्करबाट सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकको घटनास्थलमै मृत्यु


अंकुरण खबर
910
Shares

तस्वीर: सामाजिक सञ्जाल

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का बालक पुजन थामीको मृत्यु भएको छ । थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।