logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

झापाको दमकबाट पेस्तोल र गोली बरामद


अंकुरण खबर
1.404K
Shares

दमक नगरपालिका १० स्थितबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरुले झोला छाडी फरार भएपश्चात प्रहरीले झोला तालसी गर्दा उक्त हतियार बिहीबार राति फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।