logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अश्लिल भिडियो बनाएको आरोपमा ३ जना पक्राउ


अंकुरण खबर
1.469K
Shares

प्रहरीले अश्लिल भिडियो बनाएको अभियोगमा भक्तपुरबाट तीनजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुन अधिकारी, शान्तिराम दनुवार र राजिव थनेत दनुवार रहेका छन्। अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यबिनायक नगरपालिका(५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।