logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडीको ठक्करबाट एकको मृत्यु, बिपी राजमार्ग अवरुद्ध


अंकुरण खबर
3.588K
Shares

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौंदेखि अन्यत्र हिँडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।