प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर बिरोधीहरु आत्तिएको बताएका छन् । उनले सरकारले दिर्घकालिन सोचका साथ काम गरेको देखेर बिरोधीहरु आत्तिएको बताएका हुन् ।
सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारले नयाँ नयाँ कार्यक्रहरु ल्याएको बताए । भोकमरी हुन नदिने र भोकमरीले कोहि पनि मर्न नदिने घोषणा नेपाल बाहेक अन्य कुनै देशले गर्न नसकेको उनको भनाई थियो।
प्रधानमन्त्री ओलीले हिजो सत्ता छोड्न कठिन भएका दलहरुले नै सरकारको विरोध गरेको आरोप पनि लगाए । उनले सरकारमाथि भ्रम छर्ने कामलाई जनताले नपत्याउने तर्क गरे । उनले पार्टीले लिएका नीतिलाई सरकारमा बसेर पुरा गरिने बताए ।