logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पोर्चुगलमा खुल्ने भो नेपाली दूतावास


अंकुरण खबर
1.612K
Shares

परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पोर्चुगलमा नेपाली दूतावास खोल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले पोर्चुगलमा नेपाली दूतावास खोल्ने बताएका हुन् । मञ्चको एक प्रतिनिधिमण्डलले पटक पटक पोर्चुगलमा नेपाली दूतावास खोल्नेबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो यो समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताए ।

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे । यस्तै उनले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताएका छन्।

कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता मञ्चका नेता कार्यकर्ताको सहभागिता थिए ।