काठमाडौं – आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
मंगलबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलामा ८० हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ९ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।