logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्मदिन मनाउ ५ वटा हेलिकप्टर लिएर जाने जनताका प्रधानमन्त्री हैनन् महाराजा हुन्


अंकुरण खबर
1.352K
Shares

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको रबैयाले जनतामा निराशा छाएको भन्दै यस्ता गतिविधिप्रति आक्रोश व्यक्त गरेको छ ।
बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर ताप्लेजुङमा प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने ‘त्यो घरलाई पनि लाग्यो होला आफ्नो खड्गप्रसाद होइन, राजा महाराजा हो ‘त्यो घरको आत्माले तपाईंलाई चिनेन होला । त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्नुभयो ?’ ।

रिजालले सञ्चार मन्त्रालय भष्ट्राचारको अखडा बनेको पनि आरोप लाए । संसद्मा प्रधानमन्त्रीले यी सब प्रश्नको उत्तर दिन रिजालले माग गरेका छन् ।