१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छन् ।
बाग्लुङ निसिखोला गाउँपालिका–३ घर भई गुल्मी रुरु गाउँपालिका–४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।