logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पारस खड्काले चढ्ने भए ५१ लाखको गाडी


अंकुरण खबर
936
Shares

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेटर पारस खड्कालाई महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई आज अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो । खड्काले अब कम्पनीको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् ।

पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका हुन् ।

यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक थिए ।