logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने  : मन्त्री पुन


अंकुरण खबर
689
Shares

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको बताएका छन् ।

रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गरेका हुन् ।

रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उनले बताए। विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने उनको भनाई छ।

रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपिल गरे ।

रोल्पा नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य संघको समन्वयमा सुरु लगानी सम्मेलन दुई दिनसम्म चल्ने छ  ।