logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सामान्य अंकले नेप्सेमा गिरावट


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्स ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ अंकमा झरेको छ ।

कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका समूहमध्ये सात वटा समूहमा गिरावट आएको छ । समग्र परिसूचक नकारात्मक हुँदा पनि साल्ट सेड्रिङ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य ९ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरको मूल्य पनि ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।

आज कारोबारमा गुमाउने कम्पनीमा एनसीसी बैंक रहेको छ । सो कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।