logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मौसम बदली भए पनि आज काठमाडौं उपत्यकामा घाम लाग्ने


अंकुरण खबर
3.185K
Shares

काठमाडौं – आज मौसम बदली भए पनि वर्षा भने नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र मौसम सुधार हुने क्रममा रहेको छ ।

आज दिउँसो देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती देशको मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहीबार घाम लाग्ने छ ।