logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सगरमाथाको उच्चाई नाप्ने काम ९० प्रतिशत सकियो : सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता


अंकुरण खबर
1.027K
Shares

सगरमाथाको उच्चाई नाप्ने काम ९० प्रतिशत सकिएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जनाएकी छिन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु बताइन् ।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टोलीले सुझाव पेश गरेको र नापी विभागले बनाएको टोलीले काम अन्तिम चरणमा पु¥याएको उनले जानकारी दिइन् । पहिलो पटक नापनक्साको काम लाइडर नापी जस्ता अत्यधुनिक प्रविधि प्रयोग गरिएको छ ।

त्यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वनको चरणमा रहेको छ । भूमि मन्त्रालयबाट अर्थमन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उनले दिए । यसका लागि आयोगमात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडी बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताइन् ।

सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताइन् । २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याउको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताइन् ।

गुठी विधेयक समेत समेटेर एकीकृत भूमि ऐन ल्याउन लागिएको उनले बताइन् । पछिल्लो समय पटक पटक सरोकारवाालसँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उनले बताए ।

‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ । उपत्यकालाई केन्द्रीत गरेर भोली समस्या नआवस भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ । एकिकृत कानून निर्माणको प्रक्रियामा छौँ,’ उनले भनिन् ।

समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्य व्यक्तिहरुलाई नियुक्त गरिएको बताइन् ।

लामो समय सहकारी क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरु समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतितर्फ ११ औं तहको सेवा पुरा गरेको र चार्टर्ड एकाण्टेन्ट गरी दुई जना नियुक्त गर्न बाँकी रहेको उनले बताइन् । आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएका व्यक्तिहरु नियुक्त गरिएको उनको भनाई थियो ।