शिवराज नगरपालिका-५ चैनपुरबाट अवैध लागूऔषध चरेश करिब ६ केजी सहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५९ वर्षीया कमला पुनलाई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बिहीबार दिउँसो प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।