logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री डा. खतिवडा


अंकुरण खबर
1.157K
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए ।

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे । अर्थमन्त्री डा. खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए ।

उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राखे । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए ।