logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा स्कारपियो दुर्घटना, ८ जना घाइते


अंकुरण खबर
1.053K
Shares

बैतडीमा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट रहेका बैतडी प्रहरीले जनाएको छ। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

धनगढीबाट दार्चुला जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो।

स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडीले प्रहरीले जनाएको छ।