logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचार गर्न दिल्ली पुगेका नेपालीलाई विमानस्थलबाटै फिर्ता


अंकुरण खबर
1.456K
Shares

उपचारका लागि भारतको दिल्ली पुगेका नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ।

भारतले छिर्न नदिएपछि दिल्ली पुगेका केही नेपालीहरु एयरपोर्टबाटै फिर्ता भएका छन्। भारतले चीनबाट १५ जनवरीभन्दा पछि फर्किएका व्यक्तिलाई भारत छिर्न प्रतिबन्ध लगाएको छ।

विमानस्थलबाट फर्काइएका नेपाली चीनबाट केही समय अघि नेपाल आएका थिए। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही समयअघि चीनबाट फर्किएका नेपालीलाई भारत छिर्न रोक लगाइएको छ।  यसै क्रममा उपचारका लागि दिल्ली जान लागेका एक व्यक्तिले आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किनु परेको गुनासो गरे ।

दिल्ली जान लागेका उनका ३ परिवारका सदस्य मध्ये एक जना १७ जनवरीमा चीनबाट नेपाल फर्किएका थिए। भारतले जारी गरेको उक्त सुचनाका बारेमा आफुहरुलाई थाहा नभएका कारण विमानस्थलबाटै फर्किनु परेको उनीहरुको गुनासो छ ।

कोरोना भाइरसको त्रास बढेपछि भारतले विमानस्थलमा कडाइ गरेको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ।