काठमाडौंको कलंकीमा शनिबार राति एक जनाको सडकबाट लडेर मृत्यु भएको छ ।
शनिबार राति साढे ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर ती पुरुष घाइते भएका थिए ।
घाइते भएका उनलाई प्रहरीले ट्रमा सेन्टर पठाएको र उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
मृतकको पहिचान भने खुल्न सकेको छैन् ।