नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर पनि जुत्ता मञ्चसम्म आइनपुगेकाले प्रचण्डलाई लागेन । जुत्ता प्रहार गर्ने संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।