logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम देशभर कस्तो रहला?


अंकुरण खबर
2.444K
Shares

काठमाडौं – देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भूभागमा अहिले आंशिक बदली रहेको र बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

राति पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।