काठमाडौं – काठमाडौं बौद्धको पिपलबोटबाट तामाङ्ग गुम्बा जाने बाटो १५० मिटर भित्र पर्ने ७ रोपनी क्षेत्रफलमा आधुनिक र आकर्षक रिसोर्ट संचालन हुँदैछ।
उक्त रिसोर्टमा स्विमिङ्गपुल, जिम, जुम्बा, सोना, स्टिमका साथै खुल्ला बगैचामा साथीहरु वा परिवारको साथमा स्वस्थ खानाको स्वाद लिन सकिने छ ।
पाहुनाहरुको सुबिधाको लागि रिसोर्टले १५ वटा अत्याधुनिक सुबिधा सम्पन्न कोठाहरुको ब्यबस्थापन सहित यहि फाल्गुन २३ गते शुक्रबार उदघाटन गर्ने कम्पनिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।



