logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बहराइन हिँडेका ३० नेपाली दुबईबाटै फिर्ता


अंकुरण खबर
1.703K
Shares

बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाटै फिर्ता गरिएको छ। कोरोना भाइरसको त्रासका कारण नेपालीहरुलाई  बहराइन प्रवेश नदिइएको जनाइएको छ।

सगरमाथा संवाद स्थगनसम्बन्धी जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपाल उच्च जोखिमको क्षेत्रमा परेपछि उनीहरुलाई इमिग्रेसनले प्रवेश नदिएको जानकारी दिए।

बहराइनले कोरोना प्रभावित मुलुकसँगको सबै उडान रोकेको छ। मन्त्रालयका मध्य एसिया डिभिजन प्रमुख हरिश्चन्द्र घिमिरेका अनुसार उनीहरुलाई आइतबार नै फिर्ता गरिएको हो।