logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

दुबईले छिर्न दिएन नेपाली कामदार, ३० जना फिर्ता


अंकुरण खबर
936
Shares

दुबईबाट बहराइन जाँदै गरेका करिब ३० जना नेपाली कामदार फिर्ता भएका छन्।

दुबईको अध्यागमनले ती नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सोमबार भएको पत्रकार सम्मेलनका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

विश्‍व स्वास्थ्य संगठनले हालै नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएसँगै दुबईको अध्यागमनले नेपाली युवालाई बहराइन जानबाट रोकेको हो। कोरोना भाइरसको त्रासमा ती नेपालीलाई फिर्ता पठाइएको बताइएको छ।