logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अर्थमन्त्री डा.खतिवडाको राजीनामा स्वीकृत : अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई


अंकुरण खबर
1.261K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत गरेकी छिन् ।

खतिवडाको राजीनामा स्वीकृत भएपछि खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्न राष्ट्रपतिले जिम्मेवारी दिएकी छिन् ।

यस अघि खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।