logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह


अंकुरण खबर
4.225K
Shares

काठमाडौं जिल्ला प्रशासन कार्यालयले घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि काठमाडौं जिल्ला प्रशासनले यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व कार्यक्रमको आयोजना नगर्न र यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको हो ।