logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कोरोनाको आशंका गरिएका व्यक्ती अस्पतालबाट फरार


अंकुरण खबर
1.521K
Shares

कोराना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरियाबाट फर्किएका एक नेपाली भागेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बुधबार सरुवा रोग अस्पताल भर्ना गरिएका उनी एकाएक फरार भएका हुन् ।

अस्पतालबाट भागेका उनलाई अहिले प्रहरीले खोजिरहेको छ । अस्पतालका चिकित्सकहरुका अनुसार ब्रोङ्‌काइटिस जस्तो समस्या देखिएकाले आइसोलेसन वार्डमा राखिएको थियो ।

कोरियासहित यूएई र कतारबाट आएका तीन नेपाली र भारतबाट आएका एक विदेशी अस्पताल भर्ना भएकामा बाँकीको स्वास्थ्य सामान्य देखिए पनि एक जनामा समस्या देखिएको थियो ।