चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापा छन् ।
दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा४ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनीट्रक प्रहरीले जाँच गर्ने क्रममा मिति नभएको बिल फेला पारी कारबाही गर्न खोज्दा थापाले प्रहरीलाई उक्त नगद दिन खोजेका थिए ।