logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आज कति पुग्यो ?


अंकुरण खबर
624
Shares

आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार एकैदिन सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुन तोलामा १ हजार ८ सयले बढेर ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ८० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज  तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।