logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ‌ओलीलाई हिँडडुल गराउन थालियो : अस्पताल


अंकुरण खबर
1.157K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।