logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पैसाका कारण आफ्नै ज्वाइँले वृद्ध ससुरालाई गोली हाने


अंकुरण खबर
910
Shares

महत्तरीमा गत फागुन १८गते राति घर छेउमा पिसाब गर्न निस्केका एक वृद्धलाई गोली हान्ने आफ्नै ज्वाइँ भएको रहस्य खुलेको छ ।

आर्थिक लेनदेनका कारण मनमुटाव हुँदा आफ्नै कान्छा ज्वाइँ सन्तोष यादवले गोली हानेको ६२ वर्षीय घाइते सहदेवप्रसाद यादवले प्रहरीलाई जनाएका छन् ।

महोत्तरीको मनरासिसवा नगरपालिका ३ का यादवको दायाँ कोखमा गोली लागेर गम्भीर घाइते भएका थिए । यादवको हाल जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भैरहेको छ । पाँच दिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएका उनी अहिले खतरामुक्त रहेका चिकित्सकले बताएका छन् ।

यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ ।