logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते


अंकुरण खबर
2.626K
Shares

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट ९१२५७० जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दार्चुलाको दुहु गाउँपालिकाका चालक ३५ वर्षीय धनसिंह बडालको मूत्यु भएको हो । दुर्घटनामा दुहु-४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको बैतडीमा उपचार हुन नसकेकाले अन्यत्र रेफरको तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिप सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन।