चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) का कारण अहिले विश्व जगत नै तरंगित भएको छ । कोरोना भाइरसकै कारण हजारौंको ज्यान गएको छ भने, लाखौं संक्रमित भएका छन् ।
कोरोना भाइरसलाई देखाएर माक्सको अभाव भइरहेको बेला नेपाल विद्यार्थी संघले कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ।
कोरोनाको प्रकोपबाट बच्नका लागि नेविसंघले आइतबार बिहान नयाँ बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको हो ।
नेविसंघ भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको सभापतित्वमा आयोजना भएको मास्क वितरण कार्यक्रमको उद्घाटन महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन् ।
भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निशुल्क मास्क वितरण कार्यक्रम नेविसंघले देशभर संचालन गर्ने कार्यक्रममा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
मास्क वितरण कार्यक्रममा नेविसंघका नेताहरू सहभागी थिए ।