logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेत र माल्टा पठाइदिने भन्दै ४ करोड ठगी गर्ने श्रेष्ठ पक्राउ


अंकुरण खबर
1.3K
Shares

अर्घाखाँचीका बाबुराम श्रेष्ठ ठगीको आरोपमा पक्राउ परेका छन् ।

३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई नेपालगञ्जमा पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेका प्रहरीले बताएको छ ।