logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, छिटै डिष्चार्ज दिन ओलीको आग्रह


अंकुरण खबर
1.183K
Shares

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए ।  प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ ।

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य  छन् । उनले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबारसम्म डिष्चार्ज दिन माग गरेका चिकित्सकले जनाए । यद्यपी उनको स्वस्थ्य अवस्थाका बारेमा पुन जाँचपछि मात्रै डिष्चार्जका बारेमा निर्णय लिने बताइएको छ ।